घर तथा सम्रचना निर्माण कार्य गर्दा पालना गर्नु पर्ने शर्तहरु
(१) साध किल्लाको हकमा आफ्नो छुट्टा छुट्टै कायम गर्नुपर्छ ।
(२) नक्सामा डीजाइन गरिएको भन्दा बढी गरी बनाउनु हुँदैन । नतिजा पछि निर्माण सम्पन्न प्रमाण पत्र लिन गाह्रो हुन्छ ।
(३) कौसिको निकास तर्काउने डुँड नराखी गोल पाइप राख्णु पर्छ ।
(४) अर्कालाई दुर्गन्ध नआउने गरी आफ्नो हकको जग्गामा चर्पि राख्नु पर्दछ र सोको लागि सेप्टिका लागि ट्यांकि आवश्यकता अनुसार सोकपिट बनाउनु पर्दछ ।
(५) अरु कसैको बाटो,निकास बन्द गर्नु हुँदैन |
(६) सडक, बाटो, ढल, मङ्गाल्, गौचर्, पार्टि, पौवा, देवालय,शिवलय, नदि, नाला, पोखरी आदी सार्वजनिक स्थल मनाही गरिएको ठाँउको साथै अर्काको जग्गा समेत मिच्नु हुँदैन ।
(७) यस महानगरपालिका तथा अन्य सम्बन्धित निकायका कर्मचारीहरुले जाँच्न आँउदा जुनसुकै बखतमा पनि यो प्रमाण पत्र नक्सा बनिरहेको वा बनिसकेको घर अनिवार्य देखाउनु पर्दछ ।
(८) यो नक्सा पास भएको कारणले मात्र आफ्नो हक नपुग्ने सार्वजनिक जग्गा भनी कसैले कसैको उजुर पर्न आएमा सो सम्बंधी कार्यवाही चलाउनु कुनै बाधा पर्ने छैन । सो जग्गा नक्सवालाको हक कच्चा ठहरिएमा यो प्रमाण पत्र स्वत निस्कृय हुनेछ ।
(९) निर्माण कार्य गर्दा सडकमा यातायात तथा मानिसहरु आवत जावत गर्न असुबिधा हुने गरी माटो, इँटा, छड आदी निर्माण सामाग्री थुपारी राख्नु हुँदैन । आफ्नो जग्गामा राख्नुपर्नेछ । त्यस्तो गरेको देखिएमा मनपा ले उठाइ जफत समेत गर्नेछ ।
(१०) नक्सा पास भएको मितिले २(दुई) बर्ष भित्र निर्माण कार्य गरी सक्नु पर्छ । सो अवधिभित्र निर्माण कार्य पुरा नभएमा नियमानुसार ५% नक्क्सा दस्तुर तिरी बढीमा अर्को २(दुई) बर्ष सम्मको म्याद थप्न सकिनेछ । सो म्याद भित्र पनि निर्माण कार्य पुरा नभएमा अर्को नक्सा प्राप्त गरी मात्र बनाउनु पर्ने छ ।
the end