Govt. Reg. No. 191585
icimod khumaltar 0-7-3-3 ana semi bungalow
golfutar 29 ana bungalow
Ghar Jagga Bazar

News, Articles & Tips

जुर्मुराउँदै विदेशी लगानीकर्ता

Posted on December 26, 2013

काठमाडौ, पुस १० - 
नयाँ सरकार गठन भएलगत्तै झन्डै आधा दर्जन मुलुकका लगानीकर्ता नेपालमा अवसर खोज्न आउने भएका छन् । जलविद्युत्, केबलकार, पर्यटनलगायत क्षेत्रमा उनीहरूले रुचि देखाएका छन् । भारत, चीन, दक्षिण कोरिया, रुस, मलेसिया, प|mान्स, नाइजेरियालगायत मुलुकबाट लगानीकर्ताले सरकारी निकाय र उद्योग वाणिज्य महासंघमा नेपाल आउने इच्छा देखाएका हुन् । 
 
नयाँ सरकार गठन भएलगत्तै प|mान्सेली लगानीकर्ता नेपाल भ्रमणमा आउन खोजिरहेका छन् । केहीअघि अर्थमन्त्री शंकर कोइरालासँगको भेटमा नेपालका लागि प|mान्सेली राजदूत मार्टिन बासेरेयुले यो जानकारी गराएकी हुन् । 
 
उनीहरू एक वर्षदेखि स्थायी सरकारको पर्खाइमा थिए । भारतमा व्यवसाय गरिरहेका प|mान्सेली यहाँ आउन खोजेका हुन् । उनीहरू विशेषगरी सहरी केबलकार र अन्य पूर्वाधार क्षेत्रमा लगानी गर्न खोजिरहेका छन् । समानुपातिकतर्फका सभासदको सूची बुझाउने म्याद फेरि थपिएपछि सरकार बन्न कम्तीमा डेढ महिना लाग्ने देखिएको छ ।
 
सरकारकै पर्खाइमा रहेको अर्को समूह रुसको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यका अनुसार यसअघि नोभेम्बरमै आउन खोजेको उक्त समूह पनि नयाँ सरकारकै पर्खाइमा छ । 'सरकार कुर्नेमा भारतको उद्योग परिसंघ र मलेसियाका लगानीकर्ता पनि छन्,' उनले भने । रुसीहरू जलविद्युत् र मलेसियाली पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उनले बताए ।
 
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तका अनुसार कोरिया र चीनका लगानीकर्ता पनि स्थायी सरकार र नयाँ कानुनको पर्खाइमा छन् । नेपालस्थित कोरियाली दूतावासका एक उच्च अधिकारीका अनुसार कोरियालीहरू पूर्व-पश्चिम राजमार्ग, राजधानीमा मेट्रो रेलमा लगानी गर्न खोजिरहेका छन् । दुई साताअघि कोरियाली एक्जिम बैंकका अधिकारी नेपाल आएर ४७ मेगावाटको मोदी जलविद्युत् आयोजनामा लगानी गर्ने सहमति गरेर गएका छन् । 'सरकारले वातावरण बनाइदिने हो भने थप लगानीकर्ता पनि आउन चाहन्छन्,' दूतावासका ती अधिकारीले भने ।
 
कार्यकारी अधिकृत पन्तका अनुसार केही लगानीकर्ता भने नयाँ कानुन निर्माण र संशोधनको पर्खाइमा छन् । यसअघिको संसद्मा पुगेर करिब दर्जन आर्थिक क्षेत्र सम्बद्ध कानुन रोकिएका छन्, जुन नयाँ संसद्ले पारित गर्ने अपेक्षा निजी क्षेत्रको छ । 
 
त्यस्ता कानुनमा औद्योगिक ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन मुख्य छन् । यसअघि २०४९ मा आएका यी कानुन संशोधनसहित नयाँ जारी गर्ने तयारी छ ।
 
नयाँ जलविद्युत् र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको समेत प्रतीक्षा छ । निर्यातमूलक उद्योगको सुविधाका लागि विशेष आर्थिक क्ष्ाेत्र -सेज) सम्बन्धी ऐन पनि आवश्यक रहेको निजी क्ष्ाेत्रको भनाइ छ । 
 
हालसम्म लगानी बोर्ड र उद्योग विभागमार्फत ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । प्रतिबद्धतामा भारत सबैभन्दा अगाडि छ । लगानी बोर्डमा प्रतिबद्धता आएका ६ ठूला आयोजनामध्ये ३ भारतीय कम्पनीका हुन् ।
 
भारतको जीएमआरले माथिल्लो कणर्ाली र मस्र्याङ्दीमा गरी करिब २ खर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको छ । माथिल्लो मस्र्याङ्दीमा विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम -आईएफसी) ले समेत साझेदारी गर्नेबारे गत साता सम्झौता भएको छ ।
 
नौ सय मेगावाटको माथिल्लो कणर्ालीको आयोजना विकास सम्झौता पनि नयाँ सरकारले नै गर्ने सम्भावना छ । 'उनीहरू काम अगाडि बढाउन नयाँ सरकार र पीडीए कुरिरहेका छन्,' लगानी बोर्ड स्रोतले भन्यो । अरुण तेस्रो बनाउन खोज्ने सतलजले नेपालमा कम्पनी दर्ता नै गरिसकेको छ । चालू आर्थिक वर्षमै उसले कम्पनी दर्ता गरेको हो ।
 
यसैगरी अपि|mकाकै सबैभन्दा धनी डांगोटेले नेपालमा करिब ५५ अर्ब रुपैयाँको लगानीमा सिमेन्ट कारखाना खोल्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केआर रावले मंगलबार अर्थमन्त्री शंकर कोइरालालाई भेटेर जग्गा दिलाइदिन आग्रह गरे । अपि|mका बाहिर पहिलो रोजाइमा परेको नेपालमा काम चाँडो नभएपछि उसले इन्डोनेसियामा लगानी गरिसकेको छ । नयाँ सरकार बनेपछि बाटो सहज हुने अपेक्षा उक्त कम्पनीका अधिकारीको पनि छ ।
 
करिब डेढ वर्षअघि नै सम्झौता भए पनि काम नथालेको चाइना सीडब्लुई कम्पनीले पश्चिम सेतीको काम अगाडि बढाउने अपेक्षा बोर्डका अधिकारीहरूको छ । ७ सय ५० मेगावाट क्ष्ामताको पश्चिम सेतीमा पनि करिब १ खर्ब लगानी हुनेछ । सुदूरपश्चिमको डोटीबाट राष्ट्रिय गि्रडमा जोड्न बन्ने प्रसारणलाइनमा चिनियाँ लगानी ल्याउने विषय पनि नयाँ सरकार बनेपछि अगाडि बढ्नेछ ।
 
दस अर्बभन्दा बढी पुँजी वा ५ सय मेगावाटभन्दा बढी क्ष्ामताका आयोजनालाई लगानी बोर्डले हेर्छ । तर यी उद्योग पनि सञ्चालन पहिले उद्योग विभागमा दर्ता हुनैपर्छ । 'अब आउने सरकारले लगानी ल्याउने वातावरण बनाएर सहज रूपमा काम गर्ने अवसर दिनुपर्छ र तिनलाई कुनै पनि अन्तरनिकाय समस्याका कारण रोकिनु हुँदैन,' अर्थ मन्त्रालयका सल्लाहकार चिरञ्जीवी नेपालले भने । 
 
उद्योग विभागमा दर्ता भएको विदेशी लगानी हेर्दा भारतको ४० प्रतिशत छ । हालसम्मको तथ्यांकमा चीन दोस्राे स्थानमा छ । विभागमा मात्रै २६ सय ५२ विदेशी लगानीका उद्योग दर्ता भएका छन् ।
Testimonials
Ms LIU, YANCHUN

Tenant

Dai is very reliable. Get everything done efficiently and...

View Count: 1342

Waseem Kazmi

Tenant

Dear manager of ghar jagga bazar realestate, appreciated...

View Count: 730

R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1875

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
listing garaunuhos latest