Govt. Reg. No. 191585
budhanilkantha 18 ana 55 lakhs per ana
dhading sangkosh 3 ropani 10 ana land
Ghar Jagga Bazar

News, Articles & Tips

घरजग्गा राजश्व १४ करोड बढ्यो

Posted on October 25, 2013

posted on october 25, 2013


काठमाडौं - बजारमा किनबेचको चहलपहल नदेखिए पनि मुलुकभर घरजग्गा कारोबारबाट उठने राजस्व भने बढेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा देशभरिबाट ८० करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएकामा यो वर्ष ९४ करोड ७० लाख रुपैयाँ पुगेको छ । यो प्रतिमहिना करिब ७ करोड रुपैयाँले बढी हो । सरकारले चालु आवमा घरजग्गा किनबेचबाट साढे ४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । दुई महिनामा करिब एक अर्ब रुपैयाँ राजस्व संकलन भएकाले सरकारको लक्ष्य सजिलै पुग्ने देखिएको छ ।
 

'गत आर्थिक वर्षमा लक्ष्यभन्दा १८ प्रतिशत बढी राजस्व उठेको थियो,' भूमि सुधार तथा व्यवस्थापन विभागका तथ्यांक अधिकृत राजु बस्नेतले सोमबार नागरिकसँग भने, 'सुरुको अवस्था हेर्दा यो वर्ष पनि पुग्ने देखिन्छ ।' उनका अनुसार गत वर्ष करिब साढे पाँच अर्ब रुपैयाँ राजस्व उठेको थियो ।
 
देशभरमा सबैभन्दा बढी राजस्व उठाउने काठमाडौं उपत्यकाको राजस्व भने यो वर्ष त्यत्ति राम्रो बढन सकेको छैन । यहाँ चालु आवको पहिलो महिना (साउन) मा गत वर्षभन्दा कम राजस्व उठेको थियो । यो वर्ष भदौमा पोहोर भदौभन्दा २ करोड ७३ लाख रुपैयाँले राजस्व बढे पनि साउनभन्दा कम उठेको छ । यो साउनमा २२ करोड ७० लाख रुपैयाँ राजस्व उठेकामा भदौमा झरेर २० करोड ७४ लाख मात्र असुली भएको छ । 
 
काठमाडौं उपत्यकाका पाँच मालपोतले राजस्व संकलन बढाउन नसके पनि तराई क्षेत्रका जिल्लामा उच्च दरले बढेको बस्नेतले जानकारी दिए । उनका अनुसार तराईका अधिकांश जिल्लामा घरजग्गा किनबेचबाट उठ्ने राजस्व बढेको छ। बस्नेतका अनुसार झापादेखि महेन्द्रनगरसम्मका अधिकांश जिल्लाले राजस्व बढाएका हुन् । तराईको जिल्ला नभए पनि कास्कीले राजस्व संकलन बढाइरहेको छ । 
 
विभागका अर्का कर्मचारी तुलसीराम वैद्यका अनुसार सहरोन्मुख पहाडी जिल्लाहरुले पनि गत वर्षका तुलनामा यो साउन भदौमा राजस्व असुली बढाएका छन् । …चालु आर्थिक वर्षको सुरुका महिनामै राजस्व संकलन बढेकाले आगामी दिनमा सकारात्मक प्रभाव पर्नेछ,' वैद्यले भने । गत वर्ष मुलुकभरबाट प्रत्येक महिना औसतमा ४० करोडका दरले राजस्व असुली भएको थियो । अहिले बढेर ४५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । 
 
विभागका अनुसार काठमाडौं उपत्यकाका पाँच मालपोतले गत वर्ष भदौमा १८ करोड १ लाख रुपैयाँ असुली गरेकामा यो भदौमा २० करोड ७० लाख उठाएका छन् । मालपोत कार्यालय डिल्लीबजारले भदौमा ७ करोड ७५ लाख उठाएको छ भने चाबहिलले ४ करोड ३७ लाख संकलन गरेको छ। यस्तै कलंकीले २ करोड ५६ लाख र ललितपुरले ४ करोड ५ लाख असुली गरेका छन् । भक्तपुरले भने दुई करोड एक लाख उठाएको छ । 
 
काठमाडौं उपत्यकालगायत मुलुकभर घरजग्गा कारोबार उच्च भएका बेला सरकारले ६ अर्बभन्दा बढी राजस्व असुली गरेको थियो । राष्ट्र बैंकले २०६६ पुसमा बैंक तथा वित्तीय संस्थालाई ऋण लगानीमा सीमा तोकेपछि राजस्व असुली घट्दै साढे ४ अर्बमा झरेको थियो । निर्देशनपछि बैंकहरुले लगानी घटाउँदा घरजग्गाको कारोबार ८० प्रतिशत र मूल्य ३०–४० प्रतिशतसम्मले घटेको थियो। यही कारण राजस्व असुली कम भएको हो। गत वर्षदेखि भने राजस्व संकलनमा सुधार आउन थालेको छ । 
 
काठमाडौं उपत्यकामा यो वर्ष घरजग्गाको राजस्व
कार्यालय                                    साउन                                       भदौ 
डिल्लीबजार                                ७३६ लाख                                  ७७५ लाख
कलंकी                                         ३११ लाख                                   २५६ लाख
चाबहिल                                      ४५२ लाख                                  ४३७ लाख
ललितपुर                                     ३६२ लाख                                   ४०५ लाख
भक्तपुर                                           ४९ लाख                                   २०१ लाख
जम्मा                                       २२७० लाख                                २०७४ लाख
 
news source : nagariknews.com
Testimonials
Ms L. Thapa
Ms L. Thapa

Tenant

Dear field manager of ghar jagga bazar realestate, Thank...

View Count: 445

Ms A. Lohani

Landlord

dear manager of ghar jagga bazar realestate, thank you for...

View Count: 513

R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1634

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
listing garaunuhos latest