Govt. Reg. No. 191585
Grande Villa Tokha 0-5-2-0 house on sale rs 535 lakhs
listing garaunuhos latest
Ghar Jagga Bazar

News, Articles & Tips

लालपुर्जा चाँडै डिजिटलमा

Posted on June 21, 2013

 
posted on 21 June, 2013  
 
 
घर/जग्गा किनबेच वा हक नामसारी गर्न मालमोत पुग्ने जो कोही सेवाग्राही लालपुर्जा खोज्दा हैरान हुन्छन्। सेवाग्राहीको भिडभाड, पुराना झुत्रा कागजात, फोटोकपिका मधुरा मसीले कित्ता पहिल्याउन झनै झन्झट। सेवाग्राही र कर्मचारीका यी झन्झटलाई मालपोतले विस्तारै हटाउने तयारी गरेको छ ।
 
सेवाग्राहीलाई छिटो सेवा र कर्मचारीलाई सम्बन्धितको तीनपुस्ते खोज्न सजिलो बनाउन मालपोत कागजविहीन हुँदैछ। तत्काल मालपोत विभागसहित घर/जग्गा बढी बेचबिखन र नामसारी हुने १४ सहरी जिल्लामा लालपुर्जा डिजिटल प्रविधिमा राखिने अन्तिम तयारी भएको छ । नेपाली हाते कागजका लालपुर्जालाई डिजिटलमा रूपान्तरण गरेपछि जग्गाधनीको तीनपुस्ते खोज्न कम्प्युटरको किवोर्डले सहयोग गर्नेछ । 
 
एसियाली विकास बैंकको अनुदानमा छिटो–छरितो सेवा दिन मालपोत कार्यालय प्रविधिमैत्री बन्न लागेको हो। आइसिटी परियोजनाअन्तर्गत १५ महिनाभित्र जग्गा कारोबार अनलाइनबाट सम्भव बनाउने तयारी भइरहेको विभागका आइटी निर्देशक श्रीचन्द्र साहले बताए । 
विभाग महानिर्देशक तेजराज पाण्डेका अनुसार पहिलो चरणमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा डिजिटल लालपुर्जा कार्यान्वयन गरिने छ। चावहिल, डिल्लीबजार, कलंकी, ललितपुर र भक्तपुर मालपोत कार्यालयमा डिजिटलमा जानेछन्। यी मालपोत कार्यालयमा घर/जग्गा कारोबार र आर्थिक लेनदेन बढी हुन्छ ।
 
दोस्रो चरणमा उपत्यकाबाहिर काभ्रे, मोरङ, मकवानपुर, पर्सा, चितवन, धादिङ, कास्की, बागलुङ र बाँके मालपोतलाई 'डिजिटलाइज्ड' गर्ने तयारी विभागले गरेको छ ।
 
डिजिटल मालपोत तयार गर्न साढे १२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ। लालपुर्जा डिजिटल बनाउन दुई महिनाअघि एडिबीले सरकारसँग सम्झौता गरेको थियो। जग्गाका सबै विवरण कम्प्युटरमा अभिलिखित गरिने महानिर्देशक पाण्डेले  बताए। लालपुर्जामा उल्लेख भएका तीनपुस्ते विवरण अभिलेखमा समावेश गरिने छ । 
 
लालपुर्जालाई डिजिटलमा रूपान्तरण गर्न भारतको आरएमएसआई प्रालिले ठेक्का लिएको छ। प्रविधिमैत्री बनाउन मालपोत कार्यालयको अध्ययन गरिरहेका भारतीय आइटी विज्ञहरुले एक महिनाभित्र खाकासहित आउटलुक दिने विभागका आइटी निर्देशक साहले बताए।
'त्यसपछि विश्वको जुनसुकै ठाउँमा बसेर घर/जग्गाधनीले आफ्नो विवरण कम्प्युटरबाट थाहा पाउन सक्छन्,' उनले भने, 'यो प्रविधिमा गएपछि राजश्व पारदर्शी हुनेछ ।'
 
आफ्नो जग्गा हेर्न केलाई आधार मान्ने बारे छलफल भइरहेको विभागले जनाएको छ। आफ्नो घर/जग्गाको डिजिटल लालपुर्जा हेर्नसेवाग्राहीको नागरिकता नम्बर, औंठाछाप वा डिजिटल हस्ताक्षरमध्ये के सहज होला भन्नेमा छलफल भइरहेको छ । 
भू–माफियाबाट लालपुर्जा सुरक्षित राख्न घर/जग्गाधनीबाहेकले हेर्न नमिल्ने बनाइने साहले बताए। चारवटा सर्भर राखिने भएकोले कम्प्युटर खोल्दा ह्याङ हुने वा नखुल्ने समस्या नआउने उनको दाबी छ ।
 
अनलाइनबाट डिजिटल लालपुर्जा चौबीसै घन्टा हेर्न सकिने छ । एडिबीले मालपोतलाई इन्टरनेट र जेनेरेटर लगायतका सामग्री उपलब्ध गराउने छ। 'दीर्घकालीन रूपमा घरबाटै अनलाइन सेवा पाउने व्यवस्था उपलब्ध गराउन यो प्रविधि सुरु गरिएको हो,' साहले भने । 
डिजिटल सेवा सुरुसँगै मालपोतमा आइटी विज्ञ कर्मचारीको व्यवस्था गर्न मन्त्रालयसँग छलफल भइरहेको छ। पुराना सबै जग्गा कारोबार विवरण कम्प्युटरमा अपलोड गर्ने कि सेवा सुरु गरेपछि अपलोड गर्ने बारे छलफल भइरहेको उनले बताए । 
 
मालपोत कार्यालय प्रविधिमैत्री भएपछि अर्कोको जग्गा कीर्ते गर्ने र मूल्यांकन घटाएर किनबेच गर्ने परिपाटीमा कमी आउने मालपोत कर्मचारी बताउँछन्। उक्त प्रविधि यो वर्षभित्रै सञ्चालनमा आउने विभागले जनाएको छ ।
 
news source: nagarik news daily
Testimonials
PB. Thapa
PB. Thapa

Property Seller

We are very much thankful to you for the professional help...

View Count: 3159

Shusanta Shrestha
Shusanta Shrestha

Property Buyer

A very big thank you to Gharjaggabazar.com for finding the...

View Count: 4650

Miss Julie Chemjong
Miss Julie Chemjong

Property Seller

Thank you so much Ghar Jagga Babzar Realestate team(GJBR),...

View Count: 4636

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2024. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
Goldhunga 3-5-0-0 land on sale rs 23 lakhs/ana