Govt. Reg. No. 191585
budhanilkantha 18 ana 55 lakhs per ana
dhading sangkosh 3 ropani 10 ana land
Ghar Jagga Bazar

News, Articles & Tips

घडेरी खरिद गर्ने भन्दा रेडीमेड घरप्रती नै उपभोक्ताको बढी रुचि

Posted on January 22, 2013


re-posted on  january 22, 2013 

 
अहिलेको घरजग्गाको बजार त्रेन्द हेर्दा यस्तो लाग्छ मानिसलाई अब जग्गा किनेर आफैले घर बनाउदै बस्ने फुर्सद छैन् र फुर्सदै भए पनि उनिहरु त्यो समयलाई या त अरु काम ब्यवसायमै खर्चन चाहान्छन् या त अरु नै केही उत्पादनशिल कार्यमा । गएको दशै र तिहार लगतै यस्को ग्रफिक बढेर जान्छ भन्ने त हामिलाई लगेको थियो नै तर यो सत्यता सोचे भन्दा निकै माथि उक्लियो । पहिला केवल घडेरी किनेर घर बनाउनेको सख्या बढी थियो भने अहिले एक्कासी रेडीमेड घर नै किन्नेको ताती लागेको देखेर हामी अचम्मित भएका छौ ।
 
यसको एउटा मुख्य कारण त बैकहरुमा प्रसस्त मौज्दात हुनु र उनिहरुले ब्यक्तिगत लोन प्रवाह गर्नु हो । जस्तो अहिले ठुला ठुला प्लटिङ जग्गाहरुमा लगानी घटेर साना साना बजेटमा लगानी गर्ने निजी तथा ब्यक्तिगत लोन दिने नितिले गर्दा घर खरिद गर्ने लहर हवात्त बडेर गएको हामिले अनुभव गरेको छौ । यति सम्म की वर्षौ वर्ष विक्री नभई २ करोड देखि ३ करोड सम्मका ब्यक्तिगत आवासिय घरहरू अहिले हामीसँग भएको लिस्टहरू खरिद कर्ताको खोजीमा हेर्दा बिक्री भैसकेको मात्र जानकारी पाईन्छ । बैकहरूले  ब्यक्तिगत कर्जा दिन थालेदेखि सबैले घर नै खरिद गर्न सजिलो भएको र घर वनाइरहने समयको पनि बचत हुने महिनौ बर्षौ समय लाग्ने झन्झटबाट पनि मुक्त भईने भएकोले यो लहर अझ बढदो छ । 
 
हामिलाई अहिले २० देखि ४० वटा सम्म अती जेनुईन खरिद कर्ताहरूको सोधपुछ आउछ जसलाई म्याचिङ प्रोपटी दिन सके उनिहरु तुरुन्त खरिद गर्न तयार छन् । यदि एउटा खरिद कर्ताले १ करोड ५० लाखको घर खरिद गर्न खोजीरहेको छ भने उसग त्यस्को आधा पैसा रेडी छ अनी आधा पैसा बैकले लगानी गरिदिन्छ भनेर उ ढुक्क छ । त्यहि अनुसारको घर उसले खोजी रहेको छ ।तर उसले ढिलो निर्णय लिए सो घर उसले गुमाउछ मानौ नयाँ घर आज भोलि क्षण भरमै बिक्री भैरहेछ ।
 
हाम्रो अनुभवमा हिजो आज निम्न लिखित अनुसारका घर खरिदकर्ताहरू भेटिएका छन् । 
 
१॰ ५० देखि करोड सम्मका खरिद्कर्ता  
अहिले सबैभन्दा बढी अर्थात ६० प्रतिसत यो बर्गका खरिद्कर्ताहरू छन् जो बजारमा जति सक्दो छिटो भन्दा छिटो अफूलाई चाहेको घर खरिद गर्न चाहन्छन ।
 
२॰ करोड देखि ढेड करोड सम्मका खरिद्कर्ता
यो बर्गका खरिद्कर्ताहरू करिब २५ प्रतिसत छन् । जो राम्रो र आफूले चाहेको स्थानमा बास्न चाहन्छन । जस्तो यो बर्गका खरिद्कर्ताले महाराजगज,बलुवाटार,लाजिम्पाट,चुन्देवी,चक्रपथको आसपासमा चाहन्छन तर यतातीर आजभोलि भनेजस्तो घरहरू नै बिक्री भैसकेको छ । माग धेरै छ तर उत्पादन छैन ।
 
३॰ डेढ करोडदेखी तीन करोड सम्मका ग्राहकहरू
यस्ता खाले ग्राहकहरू लगभग १५ प्रतिसत भएको पाईएको छ हाम्रो अनुभवमा । उनिहरु उच्च वर्गका तथा ठुला आयस्रोत भएका वा एउटा सम्मती बिक्री गरेर पु:न अर्को ठाउँमा त्यस्तै र राम्रै खरिद गरेर आरामदयी तरिकाले बास्ना चाहन्चन । 
 
४॰ ब्यपारिक घर खोज्नेहरूको पनि भिड 
साथमा २/३ करोड पैसा छ जुन पैसा लगानी गरि बिना झन्झट तुरुन्त सो लगानीले महिनै पिछे भाडा खाने यस्ता खाले खरिद कर्ता पनि अहिले निकै बडेको देखिएको छ ।
 
तसर्थ माथी उलेखित क्याटेगोरिका घरहरू अत्यधिक माग भएकोले सम्बन्धित ब्यक्ति वा सस्थाहरूले तयार गरे हामिसग प्रसस्त खरिद्कर्ताहरू भएको जानकारी गराउदै उत्पादन गर्न हामि आव्हान गर्छौ । घरको बढिसे बढी माग आउनाको मुख्य कारण हामिले भनिसक्यौ की यो समयमा मान्छेलाई घर बनाइरहने समयनै छैन र आफै घर बनाउनु अब उनिहरुको लागि झन्झटिलो काम भैरहेछ ।
 
त्यस्तै घर बनाउने महगिलो सामाग्रीहरू साथै यसलाई समयमा जुटाउनु पानि आजभोलिका उपभोग कर्ताको लागि झन्झटिलो नै बनेको कारण सबैको लागि रेडिमेड घरको नै बढी डिमान्ड भएको हाम्रो अनुभव छ ।   
 
article by 
www.gharjaggabazar.com
www.gharjaggabazaar.com
www.homelandbazaar.com
 
copy right fully reserved by the writer
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
    
Testimonials
Ms L. Thapa
Ms L. Thapa

Tenant

Dear field manager of ghar jagga bazar realestate, Thank...

View Count: 445

Ms A. Lohani

Landlord

dear manager of ghar jagga bazar realestate, thank you for...

View Count: 513

R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1634

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
listing garaunuhos latest