Govt. Reg. No. 191585
icimod khumaltar 0-7-3-3 ana semi bungalow
golfutar 29 ana bungalow
Ghar Jagga Bazar

News, Articles & Tips

घर र गाडी कर्जा सस्तियो

Posted on August 06, 2012

घर र गाडी कर्जा सस्तियो

Posted on 07 August, 2012


बैंक तथा वित्तीय संस्थाले घर र गाडी किन्न नियमित र राम्रो आम्दानी भएका ग्राहकका लागि 'स्किम'मार्फत् सस्तोमा कर्जा दिन थालेका छन्। बैंकसँग ब्याज तिर्नुपर्ने निक्षेप बढिरहँदा त्यस अनुपातमा लगानी नभएपछि उनीहरुले सजिलै घर र गाडीमा ऋण दिन थालेका हुन्। यस्तो ऋणमा जोखिम कम हुने भएकाले मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै बैंकहरुले सानो-सानो आकारमा ऋण दिन सुरु गरेका छन् ।

'सस्तोमा लिएको ऋणको ब्याज बढेर बजेट बिग्रिन थालेपछि ग्राहक आत्तिन थालेका छन्,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले सोमबार नागरिकसँग भने, 'ग्राहकलाई सहज हुने गरी स्किम ल्याएर ऋण दिन थालिएको हो ।' 


बैंकले घर बनाउन लाग्ने खर्चको १ सय २० प्रतिशत र गाडी खरिदका लागि ८० प्रतिशतसम्म ऋण दिइरहेका छन् । गाडी किन्न १० वर्षसम्म र घर तथा अपार्टमेन्टका लागि २० वर्षे किस्तामा ऋण पाइन्छ। घर मर्मतका लागि पनि ऋण उपलब्ध छन् । त्यसमा चाहिने फर्निचर किन्नसमेत बैंकले पैसा दिन थालेका छन् । 


'सानो-सानो आकारको ऋणमा जोखिम पनि हुँदैन,' बैंक अफ एसिया नेपालका कामु प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले भने, 'बैंकहरुसँग अहिले ठूलो ऋणको माग नभएकाले तरलता व्यवस्थापनका लागि पनि सानो ऋण विस्तार गर्न थालिएको हो ।' 


हिमालयन बैंकले तीन वर्षसम्म ब्याज परिवर्तन नहुने गरी आवास कर्जा योजना ल्याएको छ। बैंकले यो ऋणको ब्याज १०.९० प्रतिशत तोकेको छ। बैंक अफ एसिया नेपाल, लक्ष्मी बैंकलगायतले पनि एक वर्षसम्म ब्याज परिवर्तन नहुने गरी ऋण योजना सार्वजनिक गरेका छन्। अन्य बैंकले आवास र गाडी कर्जाको ब्याज तुलनात्मक रुपमा बढी घटाएका छन् । 

'ब्याज घटाएर लगानी गर्नु प्रतिस्पर्धी रणनीति हो,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशीन जोशीले भने, 'सीमित लगानीको क्षेत्र भएका बेला ग्राहकलाई आफूतिर तान्न पनि ब्याज घटाएर लगानी गर्नुपरेको हो ।' 

 

सामान्यतया राजधानीमा १७ देखि २० लाख रुपैयाँसम्ममा एक तले घर बन्छ। घर बनाउन २० लाख रुपैयाँ लिँदा वार्षिक १२ प्रतिशतका हिसाबले २० वर्षमा तिर्ने गरी मासिक २२ हजार रुपैयाँ किस्ता तिर्नुपर्छ। पुँजी लागत कम भएका ठूला बैंकमा त किस्ता अझ सस्तो पर्छ । 


'विगतको प्रवृत्तिलाई हेर्दा बस्नका लागि घर बनाउनेले ऋण नतिरेको उदाहरण धेरै कम छ,' रिसालले भने, 'बल्लबल्ल बनाएको घरबाट उठिवास हुने डरले पनि नियमित किस्ता आइरहेको हुन्छ। यस्तो ऋणबाट बैंकलाई पनि नियमित आम्दानी भइरहेको हुन्छ।' उनले ग्राहकलाई सहज रुपमा कारोबार गर्ने वातावरण बनाउन पनि अहिले निश्चित अवधिका लागि 'फिक्स' दर तोकिएको जानकारी दिए ।
 


अहिले वाणिज्य बैंकसँग कर्जा दिन पर्याप्त तरलता छ । निक्षेप संकलन भएको अनुपातमा ऋण लगानी नभएपछि बैंकहरुको ब्याज खर्च बढिरहेको छ । बैंकहरुलाई ब्याज घटाएर पनि जोखिम कम भएको क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता भएको हो। 

अहिले बजारमा १७ लाख रुपैयाँमा राम्रै खालको गाडी पाइन्छ । बैंकले यो गाडी किन्न साढे १३ लाख रुपैयाँसम्म ऋण दिन्छन् । १० वर्षसम्म तिर्न मिल्ने यस्तो ऋणको किस्ता मासिक २५ हजार रुपैयाँभन्दा माथि पर्दैन । 

मुद्रा बजार (बैंकहरुले आपसमा दिने सापटी अन्तर बैंक, सरकारी ऋण पत्र) को ब्याज दर १ प्रतिशतभन्दा कम भएकाले पनि बैंकहरुलाई नियमित ब्याज ख्वाइरहने क्षेत्रमा लगानी गर्नुपर्ने भएको हो । 'सरकारी ऋणपत्रमा एक प्रतिशतभन्दा कम ब्याज प्राप्त हुने तथा वाह्य क्षेत्रमा ऋणको माग पनि छैन,' जोशीले भने, 'त्यही भएर बचत भएको तरलतालाई कम जोखिम भएको क्षेत्रमा लगानी गरिएको ।' 

news source: nagarik daily, 07 Aug, 2012

Testimonials
Ms LIU, YANCHUN

Tenant

Dai is very reliable. Get everything done efficiently and...

View Count: 1342

Waseem Kazmi

Tenant

Dear manager of ghar jagga bazar realestate, appreciated...

View Count: 730

R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1875

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
listing garaunuhos latest