काठमाडौं: २ भाद्र, २०६८
काठमडौ महानगरपालिकाले उपत्यकाको द्श्यावलोकनसमेत गर्न मिल्ने गरि बहुउपयोगी काठमडौ टावर निर्माण गर्ने निर्णय गरेको हो । काठमडौ महानगरपालिकाका कार्यकारी अधिक्रित गणेश राईका अनुसार पुरानो बसपार्कको करिब २२ रोपनी जग्गामा बनाइने सो टावर नेपाली कला र शैली अनुरुपको हुनेछ ।
टावरको बिस्ट्रित खाका तयार पार्न महानगरपालिकाले बिभिन्न क्षेत्रका विग्य तथा इन्जिनियरसँग छलफल थालेको छ । 'टावर निर्माणका लागि विग्य तथा आर्किटेक्तसँग छलफल गरिरहेको छौ, चांदै टुङ्गोमा पुर्याउछौ' राईले भने । तावर निर्माण गर्न यहि भदौ महिनामा टेन्डर आह्र्वान गर्ने तयारी महानगरपालिकाको छ । राईले टावर सार्वाजनिक-निजि साझेदारी अवधारणा अन्तर्गत निर्माण गर्न लागियेको बताए । टावरको धाचा तयार भाईसकेपछि लग्गनीको स्रोत जुटाउन काम अगाडि बढाइने जानकारी उनले दिए ।
असोज अन्तिम् साता निर्माण सुरु हुने यो तावर सन्चालनको जिम्मा निजी क्षेत्रलाई दिने योजना छ । राष्ट्रिय भवन् सँहिता एनअनुसार भुकम्प प्रतिरोधातमाक छ्यमता सहितको हुने उक्त टावरमा सबैभन्द तलको तीनतलामा पार्किङ सुबिधा हुनेछ । पहिलो तलामा करिब दुई सय बस राख्न मिल्ने बसपार्क हुनेछ । दोस्रो तलामा तीन सयको संख्यामा कार, जिप र माईक्रो बस तथा तेस्रो तलामा पाँच सयजति मोटरसाइकल राख्ने सुबिधा हुनेछ ।
टावरको सबैभन्दा माथिल्लो तलामा उपत्यकाको द्रिश्यावलोकन गर्न मिल्ने कच्य निर्माण गरिनेछ । त्यसमुनिको तलामा विस्वभरका आधुनिक र परम्परागत परिकारका लागि विभिन्न रेस्टुरा संचालक गराउने माहानगरपालिकाको योजना छ । टावरमा ठुला व्यापारिक प्रतिस्थान, सेमिनार हल, वाचनालय, सपिङ मल, स्वास्थ्यकेन्द्र, बालबालिकाका लागि खेल्ने ठाउँ तथा मनोरन्जन कछ्य पनि रहनेछन । 'आतंकवादी हमलामा ध्वस्त भएको अमेरिकाको ट्विनटावरको झल्को दिने खालको टावर निर्माण गर्न लागेको हौ । कार्यकारी अधिक्रित राईले भने ।
समाचार स्रोत : अन्नपुर्न पोस्ट