Govt. Reg. No. 191585
dhading sangkosh 3 ropani 10 ana land
listing garaunuhos latest
Ghar Jagga Bazar

News, Articles & Tips

काठमाडौँ उपत्यकामा संरचना निर्माण गर्दा अब २०६५ सालमा मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्ड नै लागू हुने भएको छ ।

Posted on May 22, 2026

काठमाडौँ उपत्यकामा संरचना निर्माण गर्दा अब २०६५ सालमा मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्ड नै लागू हुने भएको छ ।
काठमाडौँ उपत्यकामा संरचना निर्माण गर्दा अब २०६५ सालमा मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्ड नै लागू हुने भएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघिको आदेश सच्याउँदै सो मापदण्ड कार्यान्वयन गर्नुपर्ने फैसला गरेको हो ।
 
यसअघि संयुक्त इजलासले नदी–खोला किनारमा २० मिटर थप छाडेर मात्रै संरचना बनाउनुपर्ने आदेश दिएको थियो। तर पुनरावलोकनपछि पूर्ण इजलासले उक्त निर्णय उल्टाउँदै २०६५ मंसिर १ गतेको सरकारी मापदण्ड नै कायम हुने ठहर गरेको हो ।
 
फैसलाअनुसार काठमाडौँ उपत्यकामा बग्ने विभिन्न खोलाहरूका किनारमा तोकिएको दूरी छाडेर मात्र संरचना निर्माण गर्न पाइनेछ। त्यसअनुसार वाग्मती, विष्णुमती र मनहरा खोलामा २० मिटर, धोबीखोलामा आयोजना क्षेत्र बाहेक ९ मिटर, नख्खु खोलामा १२ मिटर, बल्खु, कर्मनासा, कोइङ्क, साले र महादेव खोलामा १० मिटर तथा टुकुचा, सामाखुसीलगायत अन्य खोलामा ४ मिटर छाड्नुपर्ने व्यवस्था लागू हुनेछ ।
 
साथै कुनै पनि खोलाखोल्सी वा राजकुलो छोप्न नपाइने र हनुमन्ते खोलाको किनारमा पनि २० मिटर दूरी कायम गर्नुपर्ने आदेशमा उल्लेख छ ।
यसअघि संयुक्त इजलासले २०६५ सालको मापदण्डभन्दा थप २० मिटर दूरी कायम गर्नुपर्ने आदेश दिएको थियो, साथै उक्त सीमा भित्र बनेका संरचना हटाउन र अधिग्रहण गर्नसमेत निर्देशन दिएको थियो ।

तर पछिल्लो पूर्ण इजलासको फैसलाले सो व्यवस्था संशोधन गर्दै सरकारी मापदण्डअनुसार नै कार्यान्वयन गर्नुपर्ने स्पष्ट गरेको छ ।

news source:  rajkumar kc, janata news
published on: may 21, 2026
Testimonials
Ms L. Thapa
Ms L. Thapa

Tenant

Dear field manager of ghar jagga bazar realestate, Thank...

View Count: 479

Ms A. Lohani

Landlord

dear manager of ghar jagga bazar realestate, thank you for...

View Count: 536

R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1655

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
golfutar 29 ana bungalow