Govt. Reg. No. 191585
manbhawan 27 ana house rent
kalanki 4 ana house on sale
Ghar Jagga Bazar

News, Articles & Tips

वाणिज्य बैंकहरुले साउनदेखि ब्याज घटाउने तयारी गरेका छन्

Posted on July 20, 2023

वाणिज्य बैंकहरुले साउनदेखि ब्याज घटाउने तयारी गरेका छन्
काठमाडौं । वाणिज्य बैंकहरुले साउनदेखि ब्याज घटाउने तयारी गरेका छन् । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि साउनदेखि लागू हुने गरी कर्जाको ब्याजदर घटाउने तयारी भएको हो ।
 

नेपाल बैंकर्स संघले बिहीबार बिहान बैठक बसेर ‘इन्डिभिजुअल’ रुपमा ब्याजदरबारे निर्णय गर्न सक्ने गरी सबै सदस्य बैंकलाई सुविधा दिने भएको छ । ब्याजदर वृद्धिका बेला बैंकहरुले भद्र सहमति गरेका थिए । साउन १ गतेदेखि बैंकहरुले आफैं व्याजदर निर्धारण गर्न सक्ने भएका छन् ।

हिले वित्तीय प्रणालीमा अधिक तरलता भए पनि कर्जा प्रवाह शून्यबराबर छ । वैशाखयताका ३ महिनामा बैंक तथा वित्तीय संस्थामा २ खर्ब ४२ अर्ब रुपैयाँ थप निक्षेप संकलन भएको छ । वैशाख २ देखि असार २४ सम्ममा वित्तीय प्रणालीमा २ खर्ब ४२ अर्ब थपिँदा लगानीयोग्य रकम (तरलता) ४ खर्ब ४० अर्ब रुपैयाँ नाघेको छ ।
 
वैशाख २ गते वित्तीय प्रणालीमा ५४ खर्ब ७३ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा असार २४ गते ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ खर्ब २२ अर्बबाट २ खर्ब २८ अर्बले बढेर ५० खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।
 

कर्जा प्रवाह भने ठप्पै छ । वैशाख २ गते बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब रहेकोमा असार २४ गते ४८ खर्ब ६१ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह वैशाख २ गते ४३ खर्ब १ अर्ब रहेकोमा असार २४ गते पनि ४३ खर्ब १ अर्ब रुपैयाँ नै छ ।

वस्तु तथा सेवाको मागमा कमी एवं उच्च ब्याजका कारण कर्जा प्रवाह सुस्त बन्दा बैंक तथा वित्तीय तीन महिनाको अवधिमै ४ खर्ब ४० अर्ब रुपैयाँभन्दा थुप्रिएको छ । समीक्षा अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२ प्रतिशतबाट ८२.०३ प्रतिशतमा झरेको छ ।

तरलता सहज हुँदा अन्तर बैंक ब्याजदर पनि न्यून छ । अन्तर बैंक ब्याजदर समीक्षा अवधिमा ७ प्रतिशतबाट घटेर असार २४ गते १.३६ प्रतिशतमा झरेको छ ।

वित्तीय प्राणालीमा अधिक तरलता भए पनि कर्जाको माग छैन । ब्याजदर उच्च भएको, बजार सुस्त भएको तथा उपभोग घटेका कारण वस्तु तथा सेवाको माग नै नहुँदा कर्जाको पनि माग भइरहेको छैन ।

बैंकहरुले असारमा पनि बैंकको ब्याज घटाएका थिए । असार वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका थिए । चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । असारमा ०.२ विन्दुले घटेर १२.४५ प्रतिशतमा झरेको हो ।

चैतमा १०.४८ प्रतिशत रहेको बैंक वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको थियो । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ ।

अहिले वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिँदै आएका छन् । राष्ट्र बैंकको प्रावधानअनुसार साउनदेखि ब्याज घट्दा बढीमा १० प्रतिशत घट्नसक्छ ।

(news source clickmandu.com, july 13, 2023)

Testimonials
R.C. Pun
R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 209

Ms LIU, YANCHUN
Ms LIU, YANCHUN

Tenant

Dai is very reliable. Get everything done efficiently and...

View Count: 265

Mrs Y. Sherpa
Mrs Y. Sherpa

Landlord

Ghar jagga bazar real state of Bantawaji provided us a good...

View Count: 337

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2024. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
thankot 4.1 ana land sale