Posted on July 20, 2023
नेपाल बैंकर्स संघले बिहीबार बिहान बैठक बसेर ‘इन्डिभिजुअल’ रुपमा ब्याजदरबारे निर्णय गर्न सक्ने गरी सबै सदस्य बैंकलाई सुविधा दिने भएको छ । ब्याजदर वृद्धिका बेला बैंकहरुले भद्र सहमति गरेका थिए । साउन १ गतेदेखि बैंकहरुले आफैं व्याजदर निर्धारण गर्न सक्ने भएका छन् ।
कर्जा प्रवाह भने ठप्पै छ । वैशाख २ गते बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब रहेकोमा असार २४ गते ४८ खर्ब ६१ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह वैशाख २ गते ४३ खर्ब १ अर्ब रहेकोमा असार २४ गते पनि ४३ खर्ब १ अर्ब रुपैयाँ नै छ ।
वस्तु तथा सेवाको मागमा कमी एवं उच्च ब्याजका कारण कर्जा प्रवाह सुस्त बन्दा बैंक तथा वित्तीय तीन महिनाको अवधिमै ४ खर्ब ४० अर्ब रुपैयाँभन्दा थुप्रिएको छ । समीक्षा अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२ प्रतिशतबाट ८२.०३ प्रतिशतमा झरेको छ ।
तरलता सहज हुँदा अन्तर बैंक ब्याजदर पनि न्यून छ । अन्तर बैंक ब्याजदर समीक्षा अवधिमा ७ प्रतिशतबाट घटेर असार २४ गते १.३६ प्रतिशतमा झरेको छ ।
वित्तीय प्राणालीमा अधिक तरलता भए पनि कर्जाको माग छैन । ब्याजदर उच्च भएको, बजार सुस्त भएको तथा उपभोग घटेका कारण वस्तु तथा सेवाको माग नै नहुँदा कर्जाको पनि माग भइरहेको छैन ।
बैंकहरुले असारमा पनि बैंकको ब्याज घटाएका थिए । असार वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका थिए । चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । असारमा ०.२ विन्दुले घटेर १२.४५ प्रतिशतमा झरेको हो ।
चैतमा १०.४८ प्रतिशत रहेको बैंक वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको थियो । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ ।
अहिले वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिँदै आएका छन् । राष्ट्र बैंकको प्रावधानअनुसार साउनदेखि ब्याज घट्दा बढीमा १० प्रतिशत घट्नसक्छ ।
(news source clickmandu.com, july 13, 2023)
The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.
Read More© 2009-2025. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.