Govt. Reg. No. 191585
golfutar 29 ana bungalow
1 ropani land ichangu narayan
Ghar Jagga Bazar

News, Articles & Tips

WHAT IS THE CAPITAL GAIN TAX (लाभ कर ?)

Posted on August 23, 2022

WHAT IS THE CAPITAL GAIN TAX (लाभ कर ?)
(implemented effective from 2079/2080 fiscal year)

आफ्नो अचल सम्पत्ति (घरजग्गा) बिक्री गर्दा लाग्ने कर (गेन कर,बिक्री कर) राजस्वको रुपमा तिर्नु पर्छ भन्ने कतिलाई जानकारी नभएको देखिएकोले आफ्नो घरजग्गाको बिक्री मुल्य राख्दा सो कर पनि समाबेश गरेर आफ्नो बिक्री मुल्य तय गरेमा सधैंको लागि आफु सुसुचित रहेको प्रस्ट हुनेछ । यसको सही जानकारी बिक्रिकर्ता र खरिदकर्ता बिच सही ढंगले प्रस्तुत नगरिदा कतीपय ठाउँहरुमा अन्योल भइ बैना भैसकेको कारोबार पनि रद्द हुन पुगेको छ । 
 
बिशेष गरेर लाभ कर भन्ने बितिकै बिक्रेताले नै ब्यहोर्नु पर्ने कर्तब्य हुन आउँछ तथापी कतिपय खण्डमा दुबै पक्षको समझदारीमा पनि तय गर्न सकिन्छ । तसर्थ प्रारम्भमै सहि जानकारी पुर्याउनु पनि हामी जस्ता रियल स्टेट एजेन्सिहरुको ठुलो कर्तब्य हुन आउँछ ।
 
बिक्रेताले आफ्नो अचल सम्पत्ति (घर जग्गा)बिक्री गर्दा आफुले जग्गा वा घर खरिद तथा निर्माण गरेको ५ बर्स भीत्रै बिक्री गरेमा टोटल बिक्री गरेको मुल्यबात आफूले जग्गा किनेको तथा घर बनाएको  गाउँपालिकामा भए वडा कार्यालय  नगरपालिका भए नगरपालिका वडा कार्यालयले तोकेको मुल्याङ्कनको आधारमा उक्त रकम् घटाएर बाँकी हुन आएको जम्मा रकमको ७.५० प्रतिसत तर ५ बर्ष नाघेमा ५ प्रतिसत राजस्वको रूपमा मालपोत कार्यालयमै खरिद कर्तालाई पास गरिदिएकै दिन तिर्नु पर्छ । यस्तो लाभ कर नगरपालिका वा गाउँपालिका जहाँको भए पनि तिर्नु पर्ने हुन्छ ।   
 
बिगतका हाम्रो केही अनुभवहरुमा धेरैलाई आफ्नो सम्पत्ति बिक्री गर्दा तिर्नु पर्ने लाभ करको बारेमा थाहा नभएको पाइएकोले हामीले यो जानकारी यहाँ सबै सम्बन्धितहरुको लागि ध्यानकार्शन गराउन खोजेका हौ । यदी यो बिक्री कर राजस्व तिरेमा सो रकम बैकमा जम्मा गर्दा पनि सोको आयस्रोत खुलाउन जरुरी देखिन्न । यो एउटा प्रमाणको रुपमा रहन्छ र आफ्नो मान प्रतिष्ठा पनि रहन्छ l 
 
अत: यस घरजग्गाबजार डट कम भित्र आ-आफ्नो अचल सम्पत्तिहरु लिस्टिङ भएको बिक्री गर्दा लाभ कर तिर्नु पर्छ  भन्ने मनस्थिती राखेर त्यही अनुरुपको मुल्य निर्धारण गर्नु हुन घरजग्गा बजार डट कम सबै सम्बन्धितलाई अनुरोध गर्दछ .
 
© copy right
 
परामर्स वा फीडब्याकको लागि 
email:sales@gharjaggabazar.com
Testimonials
Miss Julie Chemjong
Miss Julie Chemjong

Property Seller

Thank you so much Ghar Jagga Babzar Realestate team(GJBR),...

View Count: 5942

Waseem Kazmi

Tenant

Dear manager of ghar jagga bazar realestate, appreciated...

View Count: 510

Ms LIU, YANCHUN

Tenant

Dai is very reliable. Get everything done efficiently and...

View Count: 1119

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
icimod khumaltar 0-7-3-3 ana semi bungalow