Govt. Reg. No. 191585
icimod khumaltar 0-7-3-3 ana semi bungalow
golfutar 29 ana bungalow
Ghar Jagga Bazar

News, Articles & Tips

जग्गाको हदवन्दी तोकिने, बढी भएमा सरकारले जफत गर्ने– कृषिमन्त्री खनाल

Posted on June 26, 2018


जग्गाको हदवन्दी तोकिने, बढी भएमा सरकारले जफत गर्ने– कृषिमन्त्री खनाल
 

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले जग्गाको हदबन्दी तोकिने बताएका छन् । हदवन्दी भन्दा बढी जग्गा भए जफत गर्ने उनले स्पष्ट पारेका छन् । सम्बन्धि ऐन २०२१ को दफा ७ मा एक परिवारले राख्न पाउने जग्गाको अधिकतम हद तोकिएको मन्त्री खनाललले बताए ।
 

सो हदभन्दा बढी जग्गा हुनेहरुको त्यस्तो जग्गा रोक्का राखी सोही ऐन बमोजिम सरकारले प्राप्त गर्ने तथा जफत गर्दै आएको समेत उनले जानकारी गराए । ‘त्यसरी जफत वा प्राप्त गरेको जग्गा भूमिहिनलाई प्राथमिकतामा राखी बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने ।
 

यस्तै कृषियोग्य जमिनको जथाभावी प्लटिङ गरी घडेरीको रुपमा बिक्री पूर्ण रुपमा अन्त्य गरिने बताएका छन् । उनले मंलबार विनियोजन विधेयक, २०७५ माथि भएको छलफलमा बोल्दै ‘जग्गा कारोवार व्यवस्थित र यसलाई राज्यको कर प्रणालीमा समाहित गर्न यस्तो व्यवस्था गर्न लागिएको उनले बताएका हुन् ।’ यस प्रणालीबाट जग्गा कारोबारमा अदृष्य रुपमा बिचौलियाबाट सर्वसाधारण ठगिने अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।
 

उनले भूमिलाई भूमाफियाबाट जोगाउन अनुमति लिएर वा नलिई कृषि योग्य जमिनको जथाभावी प्लटिङ गरी घडेरीको रुपमा बिक्री गर्ने कार्यलाई पूर्ण नियन्त्रण गरिने स्पष्टपारे । इजाजत प्राप्त कम्पनीबाट मात्र जग्गाको कारोबार गर्न पाउने व्यवस्था भूमि नीति र भूमि सम्बन्धी नियमावलीमा संशोधन प्रस्ताव गरिएको उनले सदन समक्ष राखेका छन् ।
 

अधिकार सम्पन्न भूमि आयोग गठन गर्ने तयारी
 

मन्त्रालयअन्तर्गतका सबै क्षेत्रको लक्ष्य उद्देश्य अनुरुप विधानमा परम्परागत नीति, विधि र प्रकृयाहरुमा आमुल सुधारको खाकाा कोरिसकेको र त्यही अनुरुप अगाडी बढिरहेको उनको भनाइ छ । भूमि सम्बन्धि विधमान विभिन्न समस्याहरु अधिकार सम्पन्न उच्चस्तरीय भूमि आयोग यथासिघ्र गठन गरी समाधान गरिने समेत उनले सदन समक्ष जानकारी गराएका छन् ।
 

news source: bikashnews, २०७५ असार १२ गते १८:१७

Testimonials
Ms LIU, YANCHUN

Tenant

Dai is very reliable. Get everything done efficiently and...

View Count: 1342

Waseem Kazmi

Tenant

Dear manager of ghar jagga bazar realestate, appreciated...

View Count: 730

R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1875

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
listing garaunuhos latest