Govt. Reg. No. 191585
bhangal sundarbasti 3 ana ghar
golfutar, 14.2 ana, 850 lakhs also exchange with land
Ghar Jagga Bazar

News, Articles & Tips

४ हजार विदेशीले नेपालमा लगानी गर्ने प्रतिबद्धता

Posted on April 10, 2014

४ हजार विदेशीले नेपालमा लगानी गर्ने प्रतिबद्धता

posted on april 10, 2014

नेपालमा लगानी गरेका र त्यसका लागि तयारी अवस्थामा रहेको विदेशीको संख्या ४ हजार नाघेको छ । उद्योग विभागका अनुसार गत माघ मसान्तसम्म ४ हजार १ सय २९ जना विदेशीले नेपालमा लगानीको प्रतिबद्धता जनाइसकेका छन् । 'उनीहरूको प्रतिबद्धता हो । सबैले अनिवार्य रूपमा उद्योग खोलेकै छन् भन्ने हैन,' विभागका महानिर्देशक ध्रुवलाल राजवंशीले भने, 'लगानी गरी उत्पादन वा सञ्चालनमा आउन निकै समय लाग्ने अयोजनाहरू पनि छन् । त्यसैले लगानी नगरे पनि उनीहरू नेपालमा भिसा लिएर बसिरहेका छन् ।' राजवंशीका अनुसार उक्त तथ्यांक नेपालमा विदेशीलाई लगानी खुला गरेदेखि अहिलेसम्मको हो । 

विभागले जनाएअनुसार नेपालमा लगानी गर्न खोज्नेमा चिनियाँ बढी छन् । चीनका १ हजार २ सय ६० जनाले लगानीको प्रतिबद्धता देखाएका हुन् । उक्त संख्या जम्मा लगानीकर्ताको झन्डै ३० प्रतिशत हो । दोस्रोमा भारतीय लगानीकर्ता छन् । विभागका अनुसार भारतका ७ सय ८ जनाले अहिलेसम्म लगानी गरेका छन् । उक्त संख्या जम्मा लगानीकर्ताको १७ प्रतिशत मात्रै हो । लगानीको रकममा भने भारत अगाडि छ । भारतीयले १ खर्ब २५ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेका छन् । 

त्यस्तो लगानी गर्ने उद्योगको संख्या भने ५ सय ८१ को । चीनका लगानीकर्ता भारतका भन्दा बढी भए पनि लगानीको हिसाबले भने १ खर्ब ९ अर्ब रुपैयाँले पछाडि छन् । विभागका अनुसार चीनको अहिलेसम्मको लगानीको प्रतिबद्धता झन्डै १६ अर्ब रुपैयाँ मात्रै हो । उसले उक्त रकम ६ सय ३२ वटा उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । चीन लगानीकर्ता र प्रतिष्ठानको संख्यामा अघि देखिए पनि लगानी रकममा भने अगाडि आउन सकेको छैन । ससाना होटल तथा प्रतिष्ठानमा मात्रै चीनियाँ लगानीकर्ताको चासो रहेकाले रकममा उछिन्न नसकेको विभाग सम्बद्ध अघिकारीहरू बताउँछन् । 

भारतले भने एउटा जलविद्युत् आयोजनामा मात्रै ८२ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ । विभागका अनुसार एसजेबीएन लिमिटेड भारतले संखुवासभाको अरुण तेस्रो जलविद्युत् आयोजनामा ८२ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धतासहित चालू आर्थिक वर्षमा कम्पनी दर्ता गरेको हो । उसले ९ सय मेगावाटको विद्युत् उत्पादन गर्ने गरी सत प्रतिशत प्रत्यक्ष विदेशी लगानी -एफडीआई) भित्र्याउने तयारी गरेको हो । ठूलो आयोजना र लगानी पनि ठूला भएकाले भारत रकममा अगाडि हो ।

विभागका अनुसार अहिलेसम्म नेपालमा लगानी गर्ने मुलुकको संख्या भने ९० पुगेको छ । त्यसमध्ये १ जना मात्रै नेपालमा लगानीकर्ता भएको मुलुकको संख्या भने २५ वटा छ । २ जना लगानीकर्ता भएको मुलुक ९ वटा छन् । १ सय जना लगानीकर्ता हुने मुलुक सात वटा मात्रै छन् । विभागका अनुसार भारत र चीन पछि नेपालमा लगानीकर्ता बढी हुने मुलुक क्रमशः अमेरिका, दक्षिण कोरिया, जापान, बेलायत र जर्मनी हो । 

बहराइन, कम्बोडिया, ब्रुनाई, चाड, कुक आइसल्यान्ड, घाना, हंगेरी, इन्डोनेसियाजस्ता मुलुकका एक जना मात्रै लगानीकर्ता नेपालमा छन् । 

नेपालमा उद्योग खोल्ने प्रयोजनका लागि २ प्रकारका भिसामा ती लगानीकर्ताहरू बसोबास गर्छन् । 'बिजनेस भिसा र नन टुरिस्ट भिसा,' महानिर्देशक राजवंशीले भने, 'कमदारलाई भने नन टुरिस्ट भिसा दिने गरेका छौं । लगानीकर्तालाई बिजनेस भिसा । भिसा प्रक्रिया हिजोआज सरल भएकाले अब लगानीकर्ताको संख्या बढ्ने अनुमान गरिएको छ ।' राजवंशीका अनुसार अहिलेसम्म लगानीकर्ताका रूपमा भिसा लिएका अघिकांश नेपालमै बसिरहेका छन् । 

'यो अनुमान हो । कुनै कारणले उद्योग बन्द गरी फर्किएको तथ्यांक विभागसँग छैन,' उनले भने, 'तर उद्योग सञ्चालनमा नआएसम्म कुनै कारण पेस गरी भिसा लगाएर यहीँ बस्ने हुनाले उनीहरू सबै यहीँ छन् भन्ने अनुमान हो ।' अनौपचारिक रूपमा निकै पहिलेदेखि विदेशीले लगानी गर्ने प्रचलन रहे पनि औपचारिक रूपमा भने ०४८/४९ बाट मात्रै सुरु भएको हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन आएपछि नेपालमा विदेशीले औपचारिक रूपमा लगानी सशुरु गरेका हुन् । 'उक्त तथ्यांक त्यसपछिको मात्रै हो,' राजवंशीले भने, 'उद्योग बन्द वा बेचबिखन गरेर फिर्ता हुने लगानीकर्ताको पनि अभिलेख राख्ने तयारी भइरहेको छ । त्यसपछि कति लगानीकर्ता स्थायी रूपमा बसोबास गरिरहेका छन् भन्ने तथ्यांक देखिन्छ ।'
 
new article source : kantipur daily news paper
Testimonials
There are no success stories available at the moment.
Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2025. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
dallu 6 ana commercial land