Govt. Reg. No. 191585
bhangal sundarbasti 3 ana ghar
golfutar, 14.2 ana, 850 lakhs also exchange with land
Ghar Jagga Bazar

News, Articles & Tips

घरजग्गामा सुधारको संकेत

Posted on December 26, 2013

  काठमाडौ, मंसिर २५ - बैंकहरू तत्काल ७० अर्ब रुपैयाँ लगानी गर्न सक्ने अवस्थामा छन् । राजनीतिक अन्योल यथावत् रहेकाले उद्योगधन्दामा लगानी हुन सक्ने अवस्था नभएकाले उनीहरू तत्काल लाभ हुने क्षेत्र खोज्न थालेका छन् ।

यसको केही अंश सेयर बजारमा लगानी भइरहेकाले अब उनीहरू घरजग्गातर्फ आँखा लगाउन थालेका छन् । पर्याप्त रकमको उपलब्धताले घटाएको ब्याजका कारण माग बढ्ने सम्भावना पनि बलियो छ । समान्यतया ५ वर्षपछि व्यापारको एक चक्र पूरा हुने भएकाले पनि घरजग्गा व्यवसायले विस्तार गति लिने सम्भावना बलियो भएको हो ।
राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा प्रवाह गर्नुपर्ने भनेर तोकेकै सीमाभित्र रहेर पनि लगानी थपिने सम्भावना रहेको अर्थविद् केशव आचार्य बताउँछन् । 'ठूला राजनीतिक परिवर्तनपछि सहरी क्षेत्रमा घरजग्गाको कारोबारमा सुधार आएको देखिन्छ,' उनले भने, 'यो जनमत संग्रहपछिबाटै देखिन थालेको हो ।'
२०६६ पुसमा राष्ट्र बैंकले घरजग्गा तोकेको सीमाकै कारण बैंक वित्तीय संस्थालाई लगानी घटाउन दबाब पर्‍यो र विस्तारै घरजग्गामा असर देखियो । करिब ५ वर्षसम्म सुधार नदेखिएको क्षेत्रमा लगानी आउने सम्भावनासँगै राजनीतिक परिवर्तनले पनि असर पर्ने व्यवसायीको पनि अनुमान छ । 'घरजग्गाको चक्र ४-५ वर्षको हुन्छ,' जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले भने, 'बढ्न थालेको चहलपहल र ग्राहकमा देखिएको आत्मविश्वासका कारण पनि बजारमा सुधार आउने देखिन्छ ।'
चालू आर्थिक वर्षको ५ महिना बित्न लाग्दा बैंकमा ५६ अर्ब रुपैयाँ थपिएको छ । यस अवधिमा कर्जा लगानी भने ३९ अर्बले मात्रै बढेको छ । कर्जाको माग न्यून भएकाले लगानी बढाउन बैंकहरूलाई ब्याज घटाउने दबाब परेको हो । बैंक वित्तीय संस्थाले हाउजिङ र जग्गा परियोजनालाई उल्लेख्य ब्याज नघटाए पनि व्यक्तिगत घरकर्जाको ब्याजदर भने ९ प्रतिशतभन्दा तल झार्न थालेका छन् । 'घरकर्जा ८ दशमलव ८८ प्रतिशतदेखि ११-१२ प्रतिशतसम्म सजिलै पाइन थालेको छ,' श्रेष्ठ भन्छन् ।
बैंकर्स संघका पूर्वअध्यक्ष अशोक राणा ५ वर्षअघि जस्तो छिट्टै प्रतिफल नदेखिने भएकाले कारोबारले ठूलो आकार लिइहाल्ने सम्भावना नरहेको बताउँछन् । 'विकास बैंक, वित्त कम्पनीले पनि पहिलाजस्तो लगानी गर्ने अवस्था छैन,' उनले भने, 'पहिला जस्तो सट्टेबाजीमा लगानी हुने अवस्था छैन ।' तर पछिल्लो समय घरकर्जामा देखिन थालेको मागले बजारमा सुधार संकेत भने दिएको उनले बताए । 'घरकर्जा बैंकले बढाएका छन् र माग पनि राम्रो छ,' उनले भने, 'अपार्टमेन्ट र प्लटिङमा भने छैन ।'
नयाँ सरकार बनेपछि घरजग्गा कारोबार बढाउन राजनीतिक 'लबिङ' को क्रम पनि सुरु हुने आचार्यको अनुभव छ । 'राजनीतिक दललाई चुनावमा विभिन्न क्षेत्रबाट चन्दा आएको हुन्छ,' आचार्य भन्छन्, 'त्यसैले लामो समय सुस्त देखिएको हाउजिङ क्षेत्रमा चहलपहल बढाउन पनि कसरत हुन सक्छ ।' तर पहिला देखिएजस्तो कारोबार भने पुनः फर्किन सम्भव नरहेको आचार्य बताउँछन् ।
लामो समयदेखि राख्दै आएको दुईवटा माग पूरा भए व्यवसायमा सुधार भइहाल्ने दाबी घरजग्गा व्यवसायीको छ । जसमा विदेशीलाई अपार्टमेन्ट खरिद गर्न खुला गर्ने र पहिलो पटक घर खरिद गर्ने ग्राहकलाई ब्याज र राजस्वमा छुट दिने व्यवस्था मागिएको छ ।
बैंक वित्तीय संस्थाको विवरणले पनि हाउजिङभन्दा घर खरिद गर्नेलाई लगानी गर्ने क्रम बढेको देखाउँछ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकले ७ अर्ब ४३ करोड लगानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ६ अर्ब ६५ करोड थियो । सपिङ कम्प्लेक्स र प्लटिङलगायत क्षेत्रमा भने अघिल्लो वर्षभन्दा लगानी घटेको छ ।
 
Testimonials
There are no success stories available at the moment.
Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2025. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
dallu 6 ana commercial land