Govt. Reg. No. 191585
bhangal sundarbasti 3 ana ghar
golfutar, 14.2 ana, 850 lakhs also exchange with land
Ghar Jagga Bazar

News, Articles & Tips

घरको नक्सा पास गर्न अनिवार्य कक्षा

Posted on June 05, 2013

घरको नक्सा पास गर्न अनिवार्य कक्षा
 
घरको नक्सा पास गर्न अनिवार्य कक्षा
  
posted on June 06, 2013
 
नगरक्षेत्रमा मापदण्ड अनुसारका संरचना निर्माणका लागि नक्सापासपूर्व सम्बन्धित धनीले कक्षा लिनुपर्ने भएको छ । उक्त कक्षामा घर निर्माण सम्बन्धी मापदण्ड, निर्माण गर्ने तरिका र नगरपालिकाको नियमबारे जानकारी गराइन्छ । कक्षामा सहभागी नहुनेको नक्सा नहुने भक्तपुर नगरपालिकाले जनाएको छ । 
 
भक्तपुरले नक्सा पासमा कडाइ गरे पनि सँगै जोडिएको मध्यपुर नगरपालिका क्षेत्रमा नक्सा पास नै नगरी संरचना बन्ने गरेको छ । संरचना निर्माणपछि गैरकानुनी रूपमा नक्सा पास गर्ने प्रचलन रहेको अधिकारीहरूको भनाइ छ । 
 
मध्यपुरका कार्यकारीले नगर विकासभन्दा पनि आफ्नो अनुकूल काम गर्दा सहर कुरूप बनेको नगरवासीको आरोप छ । नक्सा पासमा कडाइ नगर्दा लाखौं राजस्व समेत हिनामिना भएको छ । सुरक्षित क्षेत्रमा प्लानिङ गरेर घर बनाउँदा पनि नगरपालिकाले रोक्न सकेको छैन । आर्थिक लेनदेन भएकै कारण नियमविपरीतको काम रोक्न चासो नदिएको आरोप दलहरूले लगाउन थालेका छन् । 
 
राष्ट्रिय भवन निर्माण संहिता लागू गर्ने नगरपालिकामा मात्रै कक्षा लिने व्यवस्था छ । भक्तपुर नगरपालिकाले घर निर्माणअघि नगरपालिकाको प्राविधिकसँग अनिवार्य सहकार्य गर्नुपर्ने व्यवस्था गरेको छ । नगरपालिकाका आर्किटेक्ट इन्जिनियर रामगोविन्द श्रेष्ठले नगरमा निर्माणाधीन घरलाई कसरी मजबुत बनाउनेसहित आवश्यक  नियमबारे जानकारी दिन अनिवार्य कक्षाको व्यवस्था गरिएको उनले बताए । सबै प्रक्रिया पुर्‍याएर पास भएको नक्सा लिन आएका सेवाग्राहीलाई उनले आफ्नै कार्यकक्षमा बोलाएर कक्षा लिने गरेका छन् । 'निर्माण गर्ने बेलामा प्राविधिक जानकारी भएमा मजबुत बन्न सक्छ,' कक्षामा सहभागीलाई उनले भने । उनको कुरा सकिन नपाउँदै सेवाग्राही भक्तपुर १६ का गोविन्दराज सुवेदीले आफू इन्जिनियर नभए पनि घर निर्माण गर्नु अघिको कक्षाले धेरै ज्ञान पाएको सुनाए । 
 
नगरपालिकाको कक्षामा जगदेखि छतसम्म कसरी बनाउने, नगरपालिकाको नीति नियम पालना, छिमेकीको जग्गा नमिच्ने, बाटोका लागि कति जग्गा छाड्ने भन्ने जानकारी दिने गरेको छ । कक्षामा सहभागि नागपोखरीकी शान्ति सुवालले कस्तो किसिमले बनाउदा घर बलियो हुन्छ भन्ने जानकारी मिलेको बताइन् । त्यस्तै घर बनाउदा कति उचाइमा बनाउने, सेफ्टी बनाउनु पर्ने/नपर्ने पनि थाहा पाएको उनले उल्लेख गरिन् । 
 
नगरपालिकामा नक्सा पास भएको फाइल तयार भए पनि कक्षामा सहभागी नभए पाइँदैन । अघिल्लो कक्षामा बस्न नसक्नेले अर्को कक्षामा बस्नुपर्ने हुन्छ । प्रत्येक शुक्रबार हुने कक्षामा २२ जनासम्म बस्ने गरेका छन् । मापदण्ड विपरीत बनाए कर्मचारीले सुरुमा सुधार्न मौका दिने गरेको छ । त्यति गर्दा पनि नमाने भत्काइदिने समेत गरेका छन् । तर, मध्यपुरले भने आर्थिक लेनदेन गरी नियमविपरीत काम पनि गरिदिने गरेको छ । नगरक्षेत्रमा बन्ने घरमा नगरपालिकाको प्राविधिकले बाहेक अरूले नक्सा बनाए पास गर्न समेत झमेला दिने गरेको छ । नक्सा बनाउन पनि नगरपालिकाको प्राविधिकको सिन्डिकेट छ । भक्तपुर नगरपालिकामा पनि केही वर्षअघिसम्म त्यस्तो व्यवस्था भए पनि अहिले नभएको स्थानीयवासी बाबुकाजी खर्बुजाले बताए । 'विगतमा घरधनी नआएपनि नक्सा पास हुन्थ्यो,' उनले भने, 'तर, उक्त घरधनीलाई नगरपालिका कार्यालय कहा पर्छ ? नियम के हो ? भन्ने थाहा हुँदैनथ्यो । कक्षा लिने व्यवस्थाले नगरलाई व्यवस्थित गर्न सहयोग पुगेको छ ।' भक्तपुर भूकम्पको उच्च जोखिममा रहेको विभिन्न प्रतिवेदनले औंल्याएका छन् । जोखिम न्यूनीकरण गर्न नगरपालिकाको व्यवस्थाले सघाउने कक्षामा सहभागीहरूले बताए ।
 
news source: kantipur news daily
Testimonials
There are no success stories available at the moment.
Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2025. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
dallu 6 ana commercial land