Govt. Reg. No. 191585
golfutar 29 ana bungalow
bhangal sundarbasti 3 ana ghar
Ghar Jagga Bazar

News, Articles & Tips

रियल स्टेट एजेन्सीबाट घरजग्गा कारोबार गर्दा के फाइदा ?

Posted on December 14, 2025

रियल स्टेट एजेन्सीबाट घरजग्गा कारोबार गर्दा के फाइदा ?
(re-posted on december 14, 2025)

अब
घरजग्गा कारोबार गर्दा अनिवार्य अनुमति लिनुपर्ने भएको छ। 

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० ले यस्तो व्यवस्था गरेको हो। 

यो प्रतिनिधि सभाबाट पारित भइसकेको छ। राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त व्यवस्था लागु हुनेछ । 

अहिले घरजग्गा कारोबार गर्न कुनै नियम छैन। प्रत्येक व्यक्तिले घरजग्गा कारोबार गर्न सक्छन्। अहिले कम्पनीका साथै व्यक्तिगत रूपमा घरजग्गा कारोबार भइरहेको छ । 

विधेयक लागु भएपछि भने कम्पनीबाट मात्रै घरजग्गा कारोबार गर्न पाइने छ। अनुमति नलिई घरजग्गा कारोबार गर्नेलाई २५ लाखसम्म जरिवाना वा महिनासम्म कैद वा दुवैको व्यवस्था गरिएको छ। 

घरजग्गा कारोबार आवासका लागि मात्र नभई आर्थिक फाइदाका लागि पनि हुने भएकाले यसलाई करको दायरामा ल्याउन व्यवसायीहरू पनि माग गरिरहेका थिए। कम्पनीबाट मात्रै घरजग्गा कारोबार गर्दा कसलाई के फाइदा हुन्छ ? यसबारे हामीले घरजग्गासँग सम्बन्धित सरोकारावालहरूसँग कुराकानी छौं। 

नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनी घरजग्गा कारोबार कम्पनीबाट मात्रै गर्ने हो भने सरकार, व्यवसायी सर्वसाधारण गरी तीनै पक्षलाई फाइदा पुग्ने बताउँछन्। 

उनका अनुसार पहिलो, घरजग्गा कारोबारलाई व्यवस्थित गर्छ। अहिले अव्यवस्थित तरिकाले घरजग्गा कारोबार भइरहको छ। घरजग्गा कारोबारका लागि कुनै नियम नहुँदा सबैजना घरजग्गा व्यवसायी बनेका छन्। यसले बेथिति फैलिएको छ। 

घरधनीलाई थाहै नदिई अर्काको जग्गा बिक्री गर्ने, अर्काको जग्गा देखाएर बैना लिने जस्ता घटना बढेको ,’ उनले उदाहरण दिँदै भने, ‘यसले कम्पनीबाट घरजग्गा कारोबार गर्नेहरूप्रतिको पनि विश्वास गुमेको छ।’ 

घरजग्गा कारोबार कम्पनीबाट गर्दा कुनै समस्या आइपरेमा कम्पनी जवाफदेही हुनेछ। घरजग्गा कारोबार गर्दा अनुमति लिने व्यवस्थाले यससम्बन्धी हुने आपराधिक क्रियाकलापलाई समेत रोक्ने उनले बताए। 

अहिले घरजग्गा किन्दा बिचौलियाले ठग्यो भने केही गर्न सकिँदैन तर कम्पनीमा हो भने उजुरी गर्न सकिन्छ,’ उनले भने। 
दोस्रो, पारदर्शिता हुन्छ। 

उनका अनुसार  घरजग्गा कारोबारमा औपचारिक क्षेत्रभन्दा पनि अनौपचारिक क्षेत्र हाबी हुँदा घरजग्गाको कारोबार पारदर्शी छैन। 
अहिले घरजग्गा बजार मूल्यमा कारोबार भइरहेको छ। तर मालपोतमा भने सरकारी मूल्य देखाएर कर छल्ने प्रवृत्ति छ। यो व्यवस्थाले घरजग्गा कारोबारलाई पारदर्शी बनाउँछ। 

कम्पनीबाट कारोबार गर्दा कुन मूल्यमा घरजग्गा कारोबार भएको सिधै थाहा हुन्छ,’ उनले भने, ‘यसले सबैलाई करको दायरामा ल्याउँछ राजस्व वृद्धि हुन्छ।’ 
तेस्रो, ब्रोकर डेभलपर कम्पनी छुट्टिन्छन्। 

उनका अनुसार अहिले ब्रोकर डेभलपर कम्पनीलाई सगोलमा राखिएको छ। तर ब्रोकर डेभलरपर कम्पनी फरक हुन्। ब्रोकरले घरजग्गा किनबेचको काम गर्छ भने डेभलपरले निर्माणसम्बन्धी काम गर्छ। 

अहिले डेभलपर कम्पनीले निर्माण गरेका परियोजना आफैंले बिक्री गरिरहेका छन्,’ उनले भने, ‘यो नियम लागु भएपछि डेभलपर कम्पनीले पनि ब्रोकरमार्फत बेच्नुपर्छ।’ 

ब्रोकर डेभलपर कम्पनी छुट्टिएपछि सरकारलाई नियमन गर्न सघाउने उनको भनाइ छ। 
चौंथो, घरजग्गाको मूल्य स्थिर हुन्छ। 

कम्पनीबाट घरजग्गा कारोबार गर्दा अनावश्यक हुने मूल्य वृद्धि रोकिन्छ। 
उनका अनुसार अहिले स्रोत नखुलेका रकम घरजग्गामा लगानी हुने देखिएको छ। कम्पनीमार्फत् घरजग्गा कारोबार हुँदा स्रोत खुलेका रकम मात्रै लगानी हुन्छ। त्यसो हुँदा बजारमा स्रोत खुलेका पैसा मात्रै आउने भएपछि अनावश्यक जग्गाको मूल्य वृद्धि रोकिनेछ। 

पैसा हुनेले घरजग्गामा जति पनि मूल्य हाल्ने भएकाले मूल्य वृद्धि भएको हो,’ उनले भने, ‘स्रोत खुलाउन परेपछि त्यस्ता अनौपचारिक क्षेत्रबाट आएका रकम घरजग्गामा लगानी हुँदैनन् मूल्य स्थिर रहन्छ।’ 

यसले सरकारलाई सम्पत्ति शुद्धीकरणमा पनि सघाउने उनले बताए। 
पाँचौं, सर्वसाधारण सुसूचित हुन्छन्। 

हाम्रोमा व्यक्ति आफैं आफ्नो जग्गा बेच्न सक्ने कम छन्।  घरजग्गा कारोबार गर्न पर्यो भने बिचौलियाको आवश्यकता पर्छ। त्यसो हुँदा आफूले कम मूल्य पाउने बिचौलियाले बढी मूल्य पाउने घटना बढ्दो छ। 

कम्पनीबाट मात्रै घरजग्गा कारोबार हुने भएपछि बिक्री भएकै मूल्य घरधनीले पाउने छन्। नियमअनुसार कम्पनीले केही कमिसन राख्छ। बाँकी रकम घरधनीले पाउँछन्,’ उनले भने। 

यो व्यवस्थाले राष्ट्र बैंकलाई मूल्य सूचक बनाउन पनि सहज हुने उनको भनाइ छ। अहिले कुन ठाउँको जग्गाको मूल्य कति थाहा छैन। मूल्य सूचक हुने हो भने कुन ठाउँमा जग्गाको मूल्य कति सजिलै थाहा हुन्छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट पनि कम्पनीबाट घरजग्गा कारोबार गर्नाले घरजग्गा कारोबारलाई व्यवस्थित मर्यादित बनाउने बताउँछन्। 

भूमि बजार पारदर्शी हुन्छ। सर्वसाधारणलाई घरजग्गा किनबेच गर्नुपर्यो भने बिचौलिया खोज्नु पर्दैन कम्पनीमा दर्ता गराए हुन्छ,’ उनले भने,‘धेरै फाइदा छ। यसको कार्यविधि बनेपछि अझै नयाँ कुरा आउँछन्।’ 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १५:१२
article source by: Sunita Sitaula, setopati.com
Testimonials
R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1423

P. Subedi

Property Seller

I listed my house in www.gharjaggabazar.com website in...

View Count: 1138

Shusanta Shrestha

Property Buyer

A very big thank you to Gharjaggabazar.com for finding the...

View Count: 5897

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
biratnagar 16  bigha land on sale