Posted on June 20, 2023
काठमाडौं । सरकारले घरजग्गा क्षेत्रमा पुरानै कर लागू हुने स्पष्ट गरेको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै घरजग्गा क्षेत्रमा पुरानै कर लागू हुने जनाएको हो ।
नेपाल जग्गा तथा आवास विकास महासंघलाई सम्बोधन गर्दै विभागले आर्थिक विधेयक २०८० को दफा २९ का विषयमा दुबिधा भएकाले स्पष्ट गरिदिन अनुरोध भएको सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गा बिक्री गर्दा हुने लाभमा साविकबमोजिमकै कानुनी व्यवस्था कायम रहेको उल्लेख गरेको छ ।
विभागले कारोबारबाट भएको लाभमा नियमानुसार दाखिल भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने पनि स्पष्ट गरेको छ ।
(news source: clieckmandu.com, asar 5, 2080 BS)
Property Buyer
I was searching to buy a house within my criteria and budget...
View Count: 583
Landlord
Ghar jagga bazar real state of Bantawaji provided us a good...
View Count: 699
The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.
Read More© 2009-2025. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.