Posted on February 04, 2018
(posted on 4 february, 2018)
काठमाडौं । केही सस्तो पाइने भरमा परेर खोला किनारको जग्गा किन्नु भएको छ ? छ भने त्यो जग्गामा घर बनाउन नपाइन पनि सक्छ ।
सरकारले खोला किनारमा घर बनाउन नयाँ मापदण्ड तोकेको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न खोला र नदीको आधार निश्चित जग्गा छोडेर मात्रै घर बउनाउनु पर्ने नयाँ नियमका कारण तपाइले घर बनाउन किनेको घडेरीमा घर बनाउन नपाइने हुन सक्ने भएको हो ।
काठमाडौं उपत्यकामा तीब्र शहरीकरणसँगै मानिसहरुले जग्गाको अभावमा खोला किनारमा समेत घर बनाउने गरेका छन् । खोला किनारमा घर बनाउन सरकारले उपत्यकाका खोला अनुसार मापदण्ड तोकेको छ ।
उपत्यकाका खोला किनारबाट अधिकतम २० मिटरदेखि न्यूनतम ४ मिटर दुरीमा मात्रै घर बनाउन सकिने व्यवस्था सरकारले गरेको छ । घर बनाउँदा खोला, राजकुलो तथा खोल्सी भने छोप्न पाइने छैन ।
सरकारले काठमाडौं उपत्यकाभित्रका सबै खोला र नदी किनारको निश्चित जमिन छोडेर मात्रै घर बनाउनु पर्ने नियम बनाएको हो । नयाँ मापदण्ड अनुसार बागमती, विष्णुमती र मनहरा खोलामा खोलाबाट दुबैतिर २० मिटर दुरी छोडेर मात्रै घर बनाउन पाइने भएको छ ।
यस्तै धोबीखोलाको हकमा धोबीखोला आयोजना भएको स्थानमा प्रोजेक्टको प्लानिङ अनुसारको दुरी र प्लानिङ बाहेकका स्थानमा ९ मिटर दुरी पर मात्रै घर बनाउन पाइनेछ । नख्खु खोलामा भने दुबै किनारमा १२ मिटर जमिन छोडेर मात्रै घर तथा अन्य संरचना बनाउन पाइने छ ।
उपत्यकाका बल्खु, कर्मनासा, कोइकु, साङ्ले र महादेव खोलामा १० मिटर छोडेर मात्रै घर बनाउन पाइने छ भने करखुसी खोलामा ६ मिटर जमिन छोडर मात्रै घर बनाउन पाइने छ ।
नयाँ मापदण्ड अनुसार टुकुचा, सामाखुसी र उपत्यकामा बग्ने अन्य खोलामा ४ मिटर जमिन छोड्नु पर्नेछ । कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न पाईने छैन । यस्तै हनुमन्ते खोला बग्ने क्षेत्रका नगरोन्मुख क्षेत्रहरुमा समेत खोलाको किनारबाट २० मिटर छोडेर घर तथा अन्य संरचना निर्माण गर्न पाइने छ ।
राजकुलोको दुबैतिर १५ फिट
यस्तै राजकुलो कायम भएको र नक्सामा समेत राजकुलो देखिने स्थानबाट दुबैतिर १५/१५ फिट जमिन छोडेर मात्रै घर तथा संरचना बनाउन पाइनेछ । यस्तो ब्यवस्थाले राजकुलो बाटो घडेरी किनेका सर्बसाधारणले दुबै छेउमा १५/१५ फिट जमिन छोडेर मात्रै घर तथा संरचना बनाउन पाउने छन् ।
news published on february 4, 2018
(news source: by clickmandu online news agency)
Landlord
Ghar jagga bazar real state of Bantawaji provided us a good...
View Count: 1178
Property Buyer
I was searching to buy a house within my criteria and budget...
View Count: 1111
The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.
Read More© 2009-2025. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.